३० जेठ, काठमाडौंः
विश्वभरका विभिन्न देशहरुमा फैलिएको कोरोना संक्रमणमध्ये भारत सर्वाधिक संक्रमण फैलिने चौथो देशमा पुगेको । सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत चौथो स्थानमा उक्लिएको हो । चौथो स्थानमा रहेको बेलायतमा पछि पार्दै भारत संक्रमितको संख्याको आधारमा चौथो स्थानमा उक्लिएको हो।
विश्वभरमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको मुलुक अमेरिका रहेको छ । त्यस्तै, दोस्रोमा ब्राजिल र रुस रहेका छन् । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको छ। यो संख्यासँगै भारतले बेलायतलाई पछि पार्दै सर्वाधिक संक्रमितको आधारमा चौथो स्थानमा पुगेको छ ।
हालसम्म भारतमा ८ हजार ४ सय ९८ कोरोना संक्रमितको मृत्यु भएको छ।त्यस्तै, भारतमा कुल १ लाख ४७ हजार १ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना संक्रमणको कुरा गर्दा ७५ लाख १४ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख २१ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ भने ३५ लाख ४० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन्।