२९ जेठ, काठमाडौंः
भातरबाट नेपाल फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतीय सरकार पक्षले दिएको सुचना अनुसार मृतक पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार भारतीय पक्षले उनको रिपोर्ट पोजेटिभ आएको बताएको छ ।
प्रहरी निरिक्षक अधिकारीका अनुसार मृतकको शवलाई भारतीय पक्षले नै अस्पतालमा लगेको छ । उनले भने, ‘मृतकको शवलाई भारतीय पक्षले नै भारतकै अस्पतालमा लगेको छ । भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’ अधिकारीका अनुसार मृतक मम्बइमा मजदुरी गर्थे । नेपाल फर्किने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो ।
पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका उनी अचानक वान्ता गर्न थालेका थिए । प्रहरी निरिक्षक अधिकारीका अनुसार त्यहिँ बेला उनको मृत्यु भएको थियो ।