२९ जेठ, काठमाडौंः
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वैज्ञानिकहरुले लक्षण नदेखिएका (एसिम्प्टोमैटिक) कोरोना भाईरसका संक्रमित मानिसबाट कति मात्रामा कोरोना भाईरस फैलिएको छ भन्ने कुरालाई अहिलेसम्म बताएका छैनन् ।
डाक्टर मारिया वेन केरखोवले गत सोमबार कोभिड १९ को लक्षण नदेखिएका मानिसहरुले निकै कम संक्रमण फैलाएको बताएका थिए । तर, उनले यो जानकारी केवल कम संक्रमण फैलिएको अवस्थामा गरिएको शोधमा आधारित रहेको बताएका थिए । अहिलेसम्म पाईएको तथ्यांकका अनुसार लक्षण देखिएका मानिसले धेरै मात्रामा कोरोना संक्रमण फैलाउने देखिएको छ । तर, यो संक्रमण संक्रमितको शरिरमा लक्षण देखिएर बिरामी हुनुभन्दा अगाडी पनि फैलिन सक्छ ।
मानिसहरुमा कोरोना भाइरसको लक्षण नदेखिएपनि कोभिड १९ पोजेटिभ भएको देखिएको थियो । यस्ता मािनसहरुले कति मानिसलाई संक्रमित बनाए भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।
डब्ल्यूएचओका इमिर्जिङ्ग डिजीज विभागका प्रमुख डाक्टर वेन केरखोवले यो विषयलाई तीन सुचिमा बाँडेकी छिन् ।
पहिलो– जो मानिसमा लक्षण देखिदैंन अर्थान एसिम्प्टोमैटिक ।
दोस्रो– जो मानिसमा लक्षण देखिएको थिएन्, तर परिक्षण गर्दा उनीहरुमा पोजेटिभ आयो । र परिक्षण पश्चात लक्षण देखिन थाल्यो ।
र तेस्रोमा– जो मानिस जसमा निकै कम मात्रामा लक्षण देखिएको थियो र उनीहरुलाई आफूमा कोरोना भाइरस भएको हुनसक्ने बारेमा केही पनि महसुस भएको थिएन् ।
डाक्टर वेन केरखोवले बताए अनुसार उनले बताएको जानकारी ती देशबाट आएका हुन जहाँ विस्तारमा कन्ट्याक्ट टे«सिङ गरिएको थियो । उनको अनुसार विभिन्न देशमा कोरोना भाइरसको संक्रमणको क्लस्टरलाई हेर्ने हो भने लक्षण नदेखिएका मानिसबाट अन्यमा निकै कम मात्रामा मात्रै कोरोना संक्रमण फैलिएको देखिएको छ । तर, उनी भन्छिन, यो सम्भावना विश्वभरको लागि मान्य नहुनसक्छ ।
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका महामारी विशेषज्ञ प्रोफेसर लियाम स्मीथका अनुसार लकडाउन लागु गर्नाले संक्रमितको संख्या निकै घटछ भन्ने कुरामा अनिश्चिताता छ । उनका अनुसार डब्ल्यूएचओले दिएको वयानमा आफू निकै चिन्तित छन् किनकी यो वयान कुन तथ्यमा आधारित छ भन्ने खुलाइएको छैन् ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालका कार्यक्रम निर्देशक डाक्टर माइकल रेयानका अनुसार लक्षण बिनाका कोरोना संक्रमितले पनि संक्रमण फैलाउँछन् । तर, उनीहरुले कुन मात्रामा फैलाउँछन् भन्ने कुराको भने तथ्य छैन ।
डब्ल्यूएचओका इमिर्जिङ्ग डिजीज विभागका प्रमुख डाक्टर वेन केरखोवले यो विषयलाई तीन सुचिमा बाँडेकी छिन् ।
पहिलो– जो मानिसमा लक्षण देखिदैंन अर्थान एसिम्प्टोमैटिक ।
दोस्रो– जो मानिसमा लक्षण देखिएको थिएन्, तर परिक्षण गर्दा उनीहरुमा पोजेटिभ आयो । र परिक्षण पश्चात लक्षण देखिन थाल्यो ।
र तेस्रोमा– जो मानिस जसमा निकै कम मात्रामा लक्षण देखिएको थियो र उनीहरुलाई आफूमा कोरोना भाइरस भएको हुनसक्ने बारेमा केही पनि महसुस भएको थिएन् ।
केही रिपोर्टका अनुसार यी तीन सुचिमा फरक देखिएका छन् । तर, डाक्टर केरखोवका अनुसार सानो समुहमा गरिएको शोधको आधारमा खास यहि कुरा तथ्य हो भनेर निश्कर्षमा पुग्न सकिदैंन् । जबकी उनको अनुसार जुन ठाउँमा यो शोध भयो त्यहाँ संक्रमणको लक्षण नदेखिएका मानिसहरुले कोरोना भाइरसको संक्रमण फैलाउन ठूलो भूमिका खेलेका छैनन् ।
शोधका अनुसार लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई जब परिक्षण गरियो, तब उनीहरुबाट कोरोना संक्रमण निकै कम फैलिएको पाइएको थियो । यहि कारणले डब्ल्युएचओले मास्क लगाउने विषयमा नयाँ निर्देशन जारी गरेको थियो । डब्ल्युएचओले भन्यो, ‘सदस्य देशहरुमा कन्ट्याक्ट टे«र्सिङ्गको तथ्यांकका अनुसार लक्षण नदेखिएका मानिसले लक्षण देखिएका मािनससँगै तुलनामा निकै कम मात्रामा कोरोना संक्रमण फैलाउँछन ।’
इंगल्याडस्थित अफिस फर नेशनल स्टेटिस्टिक्स लगातार मानिसको परिक्षण गरिरहेको छ । उनीहरुले पाएको तथ्य अनुसार जो मानिस कोभिड १९ को परिक्षणमा पोजेटिभ देखिएका छन् उनीहरुमा परिक्षणको समय वा त्यसभन्दा २९ दिन अघिसम्म पनि कुनै किसिमको लक्षण देखिएको थिएन् ।
क्याम्ब्रिज विश्वविद्यालयका संक्रामक रोगका सल्लाहकार प्रोफेसर बाबक जाविदका अनुसार, कैयौं देशमा गरिएको कन्ट्याक्ट टे«र्सिङ्गको शोधका अनुसार लक्षण नदेखिएका मािनसले कोरोना संक्रमण कम फैलाएको देखिन्छ । शोधका अनुसार संक्रमण तब हुनसक्छ जब लक्षण सुरु हुन्छ वा त्यसको एक दिन पहिलाबाट संक्रमण सुरु भएको हुन्छ । मानिसमा लक्षण देखिनुभन्दा तीन दिन अघि शरिरमा भाइरसको संख्यामा बृद्धि हुनसक्छ । र लक्षण देखिनुभन्दा एक दिनअघि मात्रै पनि यो भाइरसले अन्यलाई संक्रमित बनाउँन सक्छ । प्रोफेसर जाविदका अनुसार प्री–सिम्प्टोमैटिक संक्रमणलाई पत्ता लगाएर संक्रमण भएकाहरुलाई आइसोलेशनमा राख्नु नै महत्वपूर्ण कदम हुन्छ कोरोना भाइरसको नियन्त्रणका लागि ।
पुरा ब्रिटेनमा गरिएको कन्ट्याक्ट ट्रेर्सिङ्गको नियम अनुसार प्री–सिम्प्टोमैटिक रहेका कतिपय व्यक्तिले पनि कोरोना संक्रमण फैलाउन सक्छन् । त्यसैले उनीहरुको दायरामा आएका मानिसहरुलाई निगरानीमा राखेर उनीहरुमा लक्षण देखिने नदेखिने हेर्न आवश्यक हुन्छ । यदि कोही व्यक्तिमा कुनै पनि संक्रमण देखिएन भने उसलाई यो पक्रिया लागु हुँदैन् ।
लक्षण नदेखिएका संक्रमितहरुले कोरोना भाइरसलाई कम फैलाउँछन भन्ने देखिएको छ, तर प्रमाणित भएको छैन । तर, लक्षण देखिएका संक्रमितले भने भाइरसलाई ज्यादा मात्रामा फैलाउने देखिएको छ ।
परिक्षणमा पोजेटिभ देखिदैंमा उक्त मानिसमा कति मात्रामा कोरोना भाइरस छ भन्ने देखिदैंन । त्यस बाहेक उक्त व्यक्ति कति मानिससँग भेटघाट गर्छ, कति मात्रामा खोक्छ भन्ने कुराले पनि संक्रमणको फैलावटलाई असर गर्छ । डाक्टर वेन केरखोवले पनि यो कुरामा जोड दिदैं भनेकि छिन, ‘कोरोना भाइरस संक्रमित मानिसले खोक्दा वा हाछ्यु गर्दा निस्किने छिटाबाट फैलिने हुँदा त्यो मानिसको जीवनशैली र उसमा भाइरसले गरेको असरमा भर पर्छ ।’
रेचल श्रेअरको यो लेख बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद गरिएको हो ।