• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    १० घण्टा अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    २ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    २ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ३ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ४ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / कर्णाली

कर्णाली प्रदेशमा थप तीनवटा पिसिआर मेसिन थपिँदै

  • पहिलो बोली
  • २०७७ जेष्ठ २८, बुधबार (१० महिना अघि)
  • २१६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Wednesday June 10, 2020 (10 months ago)
  • 2173 Views
  • Reading time 1 minute

  • जेठ २८, काठमाडौं:

     

    कर्णाली प्रदेशमा थप तीन वटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको हो ।

    प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको नारायण नगरपालिकाको सहयोगमा त्यहाँस्थित जिल्ला अस्पतालमा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको हो ।

    कोरोना भाइरस (कोभिड–१९) परीक्षणको भरपर्दो मानिएको पिसिआर प्रविधिको दायरा निकै सुस्त भएपछि प्रदेश सरकारलाई प्रदेशसभाका विधायन तथा प्रदेश मामिला र सामाजिक विकास समितिले तत्काल पिसिआर मेसिनसहितका अत्यावश्यक सामग्री खरिद गर्न निर्देशन दिएका थिए ।

    प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालाले परीक्षण गर्नुपर्ने स्वाबको चाप थेग्न नसकेपछि मेसिन खरिद प्रक्रिया अघि बढाइएको बताए । यसका लागि अस्पतालले तीन दिनअघि टेण्डर आह्वान गरिसकेको छ । ‘एकैपटक ९६ जनाको परीक्षण गर्न सक्ने मेसिन खरिद गर्न लागेका छौँ’, उनले भने, ‘केही दिनभित्र मेसिन जडान हुन्छ, त्यसपछि अहिलेको भन्दा दोब्बर दरमा परीक्षण हुन्छ ।’ प्रदेश सरकारले अस्पताललाई मेसिन खरिद गर्न रु ३५ लाख उपलब्ध गराएको छ ।

    दैलेखको जिल्ला अस्पतालमा जडान गरिने पिसिआर मेसिनका लागि नारायण नगरपालिकाले मङ्गलबार टेण्डर आह्वान गरेको छ । निर्वाचन क्षेत्र नं १ को पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो मेसिन खरिद गर्न लागिएको हो । त्यस्तै, दुल्लु अस्पताललाई पनि प्रदेश सरकारले मेसिन उपलब्ध गराउने आश्वासन दिएको छ । दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले प्रदेशले पूर्वाधारयुक्त भए पिसिआर मेसिन उपलब्ध गराउन सक्ने आशय व्यक्त गरेको बताए । उनले भने, “हामी १० दिनभित्रै मेसिन जडानका लागि आवश्यक संरचना तयार गर्न समक्ष छौँ, बरु प्रदेशले छिटो मेसिन उपलब्ध गराइदिओस् ।”

    प्रदेशमा सबैभन्दा बढी दैलेखमा सङ्क्रमित छन् भने भारतबाट फर्किनेमा पनि त्यहाँकै सङ्ख्या बढी छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दैलेखका १२ हजार २८५ नागरिक फर्किसकेका छन् । कतिपय अझै फर्किंदै छन् । प्रदेशका १० वटै जिल्लामा ३७ हजार ९४१ नागरिक फर्किसकेका छन् । भारतबाट फर्किनेको तत्काल पिसिआर परीक्षण गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई मेसिन खरिदको दबाब बढेको हो ।

    हाल पिसिआर परीक्षणमा ढिलाइ हुँदा कतिपय स्थानीय तहले आरडिटी परीक्षण गर्दै घर पठाउने गरेका छन् । हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा गरी दुईवटा पिसिआर मेसिन छन् । ती मेसिनबाट दैनिक ३००÷३०० स्वाब परीक्षण हुँदै आएको बताइएको छ ।

  • #Corona Virus
  • #PCR
  • #कर्णाली प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    कर्णाली सम्बन्धि थप

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    कांग्रेसले वैकल्पिक सरकार निर्माणको पहल गर्ने केन्द्रिय समितिको निर्णय

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख २, बिहिबार