२८ जेठ, काठमाडौंः
कुवेतमा आम माफी पाएका नेपालीहरुलाई बुधबार नेपाल ल्याईने भएको छ । सरकारले अनुमति नदिदाँ विगत दुई महिना देखि आममाफी पाएर पनि उनीहरु कुवेतको सेल्टरमा अड््किएका थिए । उनीहरुलाई आज बुधबार जजिरा एयरवेजको विमानमार्फत नेपाल आउन लागेका हुन् ।
निश्चित गरिएको उडान समय ४ जबे जजिरा एयरवेजको दुई फ्लाइटले सेल्टरमा रहेका नेपालीहरु ल्याइदिने छ । कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाका अनुसार ‘एयरवेजको सिट क्षमताअनुसार यहाँ भएका नेपाली नागरिकहरुलाई पठाउने तयारी रहेको छ। ओझाले भनिन, ‘कतिपय विरामी हुनाले पठाउन नसक्ने हुन्छ । जति जनालाई उठाउने भनिएको छ त्यो संख्यामा घटबढ हुनसक्छ । समयमा पनि निश्चित यहि समय भन्ने हुँदैन् । गटबढ हुनसक्छ ।’
नेपाल सरकारको सुचि अनुसार कुवेतबाट लकडाउनका कारण समस्यामा परेका तत्काल उद्दार गर्नुपर्ने नेपाली नागरिक २ हजार ९ सय ९१ जना रहेका छन् । उद्दार गरिनुपर्ने मध्ये सरकारले आममाफी पाएकालाई प्राथमिकतामा राखेको छ।