दाङबाट काठमान्डौ सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि सामान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। उसको नाम रश्मि रहेछ।
राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। “तिमी खाना नखाने?”-मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा रगत जस्तै रातो लतपतिएको देखे। म झस्किए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरु लागेको पाए। हतार हतार डौदिदै म बसमा गएमेरो सीटमा के भएको छ भनेर हेर्न। सीटमा पुग्दा उ रुदै सीट पुछिरहेकी थिई। डराएकी अनी आत्तिएकी थिई।
“के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ?यो रगत कसरी….? मेरो पाईन्टको पछाडी समेत लागेछ….।” मैलै यती सोधेपछि “म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा ……म संग कुनै तयारी थिएन ।”
रुदै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । रिसेप्सनमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आसु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई । बिहान बस कलङ्कि रोकियो । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । “मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।”यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म दाङ फर्किए। त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-“तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने……..त्यस दिनको लागी धन्यबाद हजुरलाई ।”” यस्तै यस्तै भनेर हरेक महिनाको एक दिन रजस्वला हुदा उसले मलाई सम्झिन्छे ।
#यात्रामा_होस्_अथवा_कुनै_पनी_स्थानमा_महिलाहरुको
_सम्मान_र_सहयोग_गरौ।
-यो लेख लक्ष्मी नारायण बस्नेतको फेसबुकबाट साभार गरीएको हो!