• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन

  • २०७७ जेष्ठ २७, मंगलबार (७ महिना अघि)
  • २३५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Tuesday June 9, 2020 (7 months ago)
  • 2365 Views
  • Reading time 1 minute

  • Photo Source: Wikipedia

     

    २७ जेठ, काठमाडौंः

    डोटी जिल्लाका १० वडाका स्थानियवासीहरुले अहिले पनि स्वास्थ्य सेवा पाउँन सकिरहेका छैनन् । कोरोना भाइरसको जोखिम भइरहेका बेला यहाँका कतिपय वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले स्थानपनाका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ ।

    यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

    सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ श्ययाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि यहाँका कतिपय वडा कार्यालयमा सामान्य औषधि उपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् । स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्ला बाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्ड ती वडा कार्यालयले पूरा गर्न नसक्दा स्थानीयवासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयवासी डम्बरबहादुर विष्टले बताए । उनले भने, ‘वडा प्रतिनिधि र कर्मचारीले मापदण्ड नपु¥याउँदा स्वास्थ्य संस्था स्थापना भएनन्, दुःखजति जनतालाई भयो ।’ यहाँका विभिन्न गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौवटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण यहाँका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउछन् । उनले भनें,‘जब वडा कार्यालयले नै गैरजिम्मेवार हुने र नागरिकको स्वाथ्यमा ध्यान दिने काम गर्दैनन् भने कसरी वडामा स्वास्थ्य संस्था स्थापित हुन्छन् त रु’ वडा स्वास्थ्य संस्थाविहीन भएका कारण संविधानतः मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ रहेको उनको भनाइ छ । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश यो वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

    यसैबीच डोटीका विभिन्न स्थानीय तहले ३१ वटा स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सात वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले पाँचवटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहले आफ्नै लगानीमा व्यवस्थापन तथा खर्च व्यहोर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ ।

  • #doti
  • #health
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ५, सोमबार