• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

‘चीन चाहँदैन अमेरिका वा इंग्ल्याण्डले कोरोना भाईरसको भ्याक्सिन बनाओस’ : अमेरिकी सासंद

  • पहिलो बोली
  • २०७७ जेष्ठ २७, मंगलबार (८ महिना अघि)
  • ४७७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Tuesday June 9, 2020 (9 months ago)
  • 4783 Views
  • Reading time 1 minute

  • शांकेतिक तस्विरः रोयटर्स

    २७ जेठ, काठमाडौंः

     

    कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला अमेरिका र चीन बिचमा विवाद फेरि बढेको छ ।

    एक अमेरिकी सीनेटरले चीनलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने काममा समस्या पैदा गरेको आरोप लगाएका छन् । सीनेटर रिक स्कान्टले आफ्नो बयानमा चीनले पश्चिमा देशहरुले कोरोना भाइरसको भ्याक्सिन तयार गर्न प्रयत्न गरिरहेको कामलाई प्रभावित गरेको बताएका छन् । आफूलाई यस बिषयको जानकारी र सबुत खुफिया समुदायबाट पाएको स्कान्टले बताए । तर, यो बिषयसँग जोडिएको कुनै पनि जानकारी उनले सार्वजनिक गरेनन् ।

    यसै बिच चीनले कोरोना भाइरससँग जोडिएको एउटा जानकारी सहितको दस्तावेज जारी गरेको छ । दस्तावेजमा चीनले दावा सहित कोरोना भाइरसको बारेमा अमेरिकालाई गत जनवरी ४ मा नै सूचित गरेको उल्लेख गरिएको छ ।

    चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले दुनियाँभर नै फैलिएको छ । दुनियामा कोरोना भाइरुसको संक्रमणका कारण ७० लाखभन्दा मानिस बिमार भएका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि चार लाखभन्दा धेरै पुगिसकेको छ ।

    अमेरिकी सांसदले के भने?

    फ्लोरिडाका लागि रिपब्लिकन पार्टीका सांसद रिक सशस्त्र सेवा होमल्याड सुरक्षा समित तथा अन्य थुप्रै समितिका पनि संसद हुन् । उनले आफूले चीनलाई लगाएको आरोपका बारेमा बीबीसीका के एन्ड्रयु मार शोसँग कुराकानी गरेका छन् । कुराकानीमा उनले भने, ‘हामीलाई सकेसम्म चाडोभन्दा चाडो भ्याक्सिन पत्तँ लगाउनुपर्ने भएको छ । तर, यो दुर्भाग्यपूर्ण हो कि हामीलई चीनले भ्याक्सिन बनाउने काममा नोक्सान पुर्याउन चाहन्छ भन्ने सबुतहरु फेला परेका छन् । सबुत अनुसार चीन भ्याक्सिन बनाउने काममा नोक्सान पुर्याउन चाहन्छ वा भ्याक्सिन ढिलो बनोस भन्ने चाहन्छ ।’

    स्कान्टले दुई पटकसम्म यो कुरा दोहोर्याएका थिए । उनले भने, ‘चीन कोरोना भाइरसको भ्याक्सिन अमेरिकाले बनाओस वा इंग्ल्याण्ड वा अन्य युरोपेली देशमा सुरुवातमा बनोस । चीनले अमेरिका र दुनियाँका अन्य देशको लोकतन्त्रको लागि बिरोधी भन्ने फैसाला गरेको छ ।’
    स्कान्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थन हुन् । जब उनलाई उनले लगाउने आरोपको कारण के हो र सबुत के हुन भनेर सोधियो, उनले भने, ‘सबुत खुफिया समुदाय र सशस्त्र सेवा मार्फत पाईएको हो ।’

    उनले अहिले ती सबुतको बारेमा चर्चा गर्न नमिल्ने बताए । उनले भने, ‘इंग्ल्याण्ड र अमेरिका सबैभन्दा पहिला भ्याक्सिन बनाउने छन् । हामी यसलाई बाढ्ने पनि छौं । तर, चीन यस्तो केही पनि चाहँदैन् ।’

    के हो पृष्ठभूमि?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले लगातार चीनको आलोचना गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणलाई लिएर चीनले अपनाएको तरिकालाई ट्रम्पले कैयौं पटक आलोचना गरेका छन् । कैयौं पटक ट्रम्पले कोरोना भाइरसलाई चाइना भाइरस समेत भनिसकेका छन् ।

    राष्ट्रपति ट्रम्पले आफ्नो एक बयानमा आफूसँग चीनको ल्याबमा कोरोना भाइरसको निर्माण भएको भन्ने प्रमाणीत गर्ने सबुत भएको बताएका थिए । उनले कैयौं पटक कोरोना भाइरस चीनको वुहान शहरको एक ल्याबमा बनाईएको बताएका थिए । चीनको वुहानमा नै सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

    अर्कातिर, अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले पनि यो कुरालाई साबित गर्न अमेरिकासँग पर्याप्त सबुत भएको बताएका थिए । जब कि चीनले भने अमेरिकाको हरेक कुरालाई अस्विकार गरेको थियो ।
    फाइव आइज खुफिया गठबन्धनले पनि कोरोना भाइरस चीनमा बनेको भन्ने विषयमा कुनै सबुत नभएको बताएको थियो । यो संगठनमा ब्रिटेनसँगै अमेरिका पनि शामिल छ । विश्व स्वास्थ्य संगठनले पनि यहि कुरा बताएको छ । तर, कुरा कोरोना भाइरससम्म मात्रै सिमित छैन् । अमेरिका र चीनको बिचमा भइरहेको बिबादको एउटा कारण विश्व स्वास्थ्य संगठन पनि हो ।
    ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमणलाई सुरुवातमा नै फैलिनबाट रोक्न असमर्थ रहेको आरोप लगाएका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको कठपुतली समेत भएको आरोप लगाएका थिए ।
    विश्व स्वास्थ्य संगठनसँग नाता तोड्ने घोषणा गदै ट्रम्पले भने, ‘हामीले डब्ल्युएचओमा व्यापक सुधारको अनुरोध गरेका थियौं । तर, उनीहरु यस्तो गर्न असमर्थ रहेका छन् । आजबाट हामी विश्व स्वास्थ्य संगठनसँगको आफ्नो नाता तोडिरहेका छौं । अमेरिका अब यो अनुदान वैश्विक पब्लिक हेल्थमा खर्च गर्ने छ । डब्ल्युएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा छ, जबकी अमेरिकाको तुलनामा चीन उसलाई सामान्य अनुदान मात्रै दिन्छ ।’

    यस पछि ४ जुनबाट अमेरिकाको यातायात विभागले अमेरिकाबाट चीन आउने उडानलाई १६ जुनबाट प्रतिबन्द लगाईदियो । उनीहरुका अनुसार यो कदम चीनले अमेरिकी उडानलाई चीनमा प्रवेश गर्न नदिएका घटनाको जवाफ थियो । यो बाहेक अमेरिका र चीनको बिचमा लामो समयदेखि चलिआएको व्यापार युद्ध पनि यसको पृष्ठभूमिमा रहेको छ ।

    चीनको तर्फबाट के कुरा आएको छ?

    अहिलेसम्म अमेरिकी सीनेटर स्कान्टको आरोपलाई लिएर चीनबाट कुनै पनि बयान आएको छैन । तर, चीनले जारी गरेको नयाँ दस्तावेजमार्फत आफूले गरेको कामको बारेमा भने स्पष्ट पार्न खोजेको देखिन्छ । चीनले ४ जनवरीमा नै अमेरिकालाई कोरोना भाइरसको बारेमा सुचित गराईसकेको दाबी गरेको छ । यो बेला संक्रमण अहिलेको जस्तो फैलिएको थिएन्, भर्खर सुरुवाती अवस्थामा थियो ।
    दस्तावेजसँगै चीनले एक टेलिफोन ब्रिफिङलाई पनि समावेश गरेको छ । यस टेलिफोन ब्रिफिङमा चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख र अमेरिकी समकक्ष बिचको कुराकानी जोडिएको छ ।
    चीनका अनुसार अहिले सार्वजनिक भएको दस्तावेज तयार गर्दा पारदर्शिता राखिएको छ र जिम्मेवारीका साथ तयार गरिएको छ । विश्व स्वास्थ्य संगठनले चीनको प्रयासलाई राम्रो मानेको छ । चीनले कोरोना भाइरसको प्रसारलाई नियन्त्रित गर्न र फैलिनबाट कम गर्नमा मद्दत गरेको विश्व स्वास्थ्य संगठनको भनाई रहेको छ । योसँगै चीनको विदेश मन्त्रालयले ट्रम्प प्रशासन अमेरिकामा उब्जिएको महामारीको संकटबाट मानिसको ध्यान हटाउनलाई यस्ता आरोपहरु लगाईरहेको भनेर आफू माथि लागेको आरोपको खण्डन गरेको छ ।

    तर, अब भ्याक्सिनको के हुन्छ ?

    दुनियाँभरका दर्जनौं समूहहरु भ्याक्सिन तयार गर्नमा लागिपरेका छन् । केहीले भने क्लीनिकल ट्रयाल गरिरहेका छन् ।

    पहिला मानव परीक्षणको तथ्यांक सकरात्मक देखिएको थियो, जसमा बिरामीको शरिरमा भाइरसलाई निस्क्रिय बनाउने एन्टीबडिहरु देखिएको थियो । तर, अहिले कसैले पनि यो कति प्रभावकारी छ भन्ने बुझेको छैन ।

    हुनसक्छ, कोरोना भाइरस विरुद्धको भ्यास्किन तयार हुनमा एक वर्ष लाग्ला वा केही विशेषज्ञले भनेको जस्तै २०२१ को सुरुवातमा नै भ्याक्सिन तयार होला । तर, अहिले नै यहि हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था भने छैन् ।

     

    -बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद

     

  • #corona virus vaccine
  • #कोरोना भाइरस
  • #भ्याक्सिन
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १५, शनिबार