२७ जेठ, काठमाडौं:
नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या २ लाख ६५ हजार ९ सय २८ पुगेको छ ।
विश्वभर कोरोना भाईरसको संक्रमण फैलिएका देशहरुको पाँचौं सुचिमा रहेको भारतमा हालसम्म १ लाख २९ हजार ९५ जना कोरोना संक्रमण मुक्त भईसकेका छन् । पछिल्ले २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण भएको भारतीय सरकारले तथ्ष्यांक मार्फत बताएको छ ।
हालसम्म भारतमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या भने ७ हजार ४ सय ७३ रहेको छ ।