२७ जेठ, काठमाडौं:
मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा करोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्त डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२ जना, बागलुङ मा ११ जना र ग्याग्दी जिल्लामा थप १ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।
पोखराको रामघाट स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका १२ जना संक्रमित पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका हसन् । संक्रमण भएको पुष्टि हुनेहरुमा सबै जना १८ देखि ४० वर्ष उमेर समुहका पुरुष रहेका छन् । त्यस्तै, बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।