२६ जेठ, काठमाडौंः
नेपालको अन्तराष्ट्रिय उडान १० दिनका लागी खोल्ने तयारी भईरहेको छ ।
देशभर जारी रहेको लकडाउनको समयमा सबै किसिमका उडानहरुलाई सरकारले बन्द गरेको अवस्था छ । लामो समयदेखि बन्द रहेको जेठ मसान्तसम्म बन्द रहेका आन्तरिक तथा अन्तराष्ट्रिय उडानहरुलाई १० दिनको लागि खोल्ने भन्ने विषयमा छलफल सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आइतबारको मन्त्तीस्तरीय वैठकमा १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने भन्ने विषयमा छलफल भएको हो ।
प्रारम्भीक वैठकमा उडान सञ्चालन गर्ने विषयमा गरिएको प्रस्ताव कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत निर्णय बाँकी छ । समितिबाट निर्णय भएमा मात्रै मन्त्रि परिषदषदमा प्रस्ताव पेश हुनेछ, र मन्त्री परिषद्ले उडान सञ्चालन गर्ने विषयमा जारी भएमा मात्रै प्रस्ताव कार्यन्वयनमा आउने छ । नेपाली जहाजहरु युरोप, अमेरिका, क्यानडा लगायतका मुलुकमा जान समस्या हुने भएकाले केही समयको लागि अन्तराष्ट्रिय उडान सञ्चालन गरेर विभिन्न देशमा रहेका नेपालीलई उद्दार गर्ने प्रस्ताव रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
तर, उडान कहिले र कुन दिनदेखि खोल्ने भन्ने बारेमा भने अहिलेसम्म कुनै छलफल भईसकेको छैन ।