२६ जेठ, काठमाडौंः
बारामा थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ५ जनामा कोराना संक्रमण भएको पुष्टि भएको हो । संक्रमण हुनेमा ३०, १६ ३० वर्षीय पुरुष र २८ वर्षीया महिला र महिलाकी ३ वर्षीया छोरीमा रहेको उनले बताए ।
संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भईरहेको डीएसपी गौतमले बताए ।
हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् ।