• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    ३ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

कर्णाली प्रदेशकै कोरोना हटस्पट बन्दै दैलेख, गाउँमै छन् ८७ संक्रमित

  • पहिलो बोली
  • २०७७ जेष्ठ २५, आईतबार (९ महिना अघि)
  • २१५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday June 7, 2020 (9 months ago)
  • 2161 Views
  • Reading time 0 minutes

  • फाइल फोटोः दैलेख बजारको तस्विर

    -नवीन रिजाल (रासस)

    २४ जेठ, दैलेखः

    दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको छ । प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । संक्रमण झन नफैलियोस भनेर शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको भएतापनि सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ ।

    नगरभित्रका ११३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो । शनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा पाँचमहिने बालिका तथा अठार महिने बालकसहित १०७ सङ्क्रमित देखिएको थियो । अहिले दैलेखमा कोरोना संक्रमितको कूल सङ्ख्या ३५२ रहेको छ ।

    एकको क्वारेन्टिनमै मृत्यु भइसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो बिहीबार सङ्क्रमण देखिएका ११३ मध्ये ८७ जना गाउँमै छन् । उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने छलफल चलिरहेको छ ।

    भारतबाट आएर क्वारेन्टिनमा बसेकामा एकाएक सङ्क्रमणको जोखिम बढदै गएको देखिएको छ । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकालाई एक साता कटेपछि पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो । नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला पठाईयो । जुम्लाबाट धेरैमा कोरोना संक्रमणको संका त गरियो तर, छ वा छैन भन्ने पुष्टि गरिएन ।

    रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर क्वारेन्टिनमा बसेकाको पुनः आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठाएको थियो । घर पुगेको तीन दिन नबित्दै ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो । तर क–कसमा कोरोना संक्रमण भएको हो भन्ने टुंगो लागेको थिएन् ।

    अवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राखेको थियो । तर, त्यो बेलासम्ममा सङ्क्रमित अधिकांश घर पुगेका थिए । बुधबारदेखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन् । समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेखले तयारी गरिरहेको छ ।

    स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् । उनका अनुसार यस्तो बेलामा जिम्मेवार निकायले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्नसक्छ । केन्द्र वा प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापा बताउँछन् ।

    ‘भारतबाट ४२ हजार आउने अनुमान छ । अहिले १२ हजार आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ ।’ अवस्था भयावह भएको सुन्नुभन्दा सरकारले अहिलेनै विशेषरूपमा ध्यान दिनुपर्ने उनी बताउँछन् । हेर्नुपर्ने उहाँको भनाइ छ ।

    अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, क–कसलाई भेटे भन्नेबारेमा कुनै पनि जानकारी छैन । यसले थप चुनौती थपिएको छ । पिसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको शंका गरिएको छ । तत्काल रोकथामको उपाय अपनाउन नसके दैलेख कोरोनाको ‘इपिसेन्टर’ बन्न सक्ने सम्भावना बढ्दै गएको बताइन्छ । सदरमुकामको नारायण नगरपालिकामा मात्रै १९५ मा सङ्क्रमण देखिएपछि सङ्कटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिले पहिला नै माग गरेका थिए । तर, जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिको विवादका कारण सदरमुकाममा कफ्र्यु घोषणा गरिएन, न त सङ्क्रमितको खोजी नै गरियो ।

    जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताउछन् । स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाई छ ।

    जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कोही कसैलाई नभएकाले तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुुर शाहीले बताउँछन् । क्वारेन्टिन बनाउने ठाउँ सकिइसकेको भन्दै उनले नागरिक धेरै हुँदा एकै ठाउँ सङ्क्रमित उत्पादन गर्ने केन्द्र बन्दै गएको बताए ।

    नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरवाहीका कारण दैलेख कोरोना संक्रमणको ‘सेन्टर’ बन्न पुगेको बताउँछन् । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थानुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले सङ्कट उत्पन्न भएको छ’, उनी भन्छन, ‘महामारीको यो समयमा सबैले एकढिक्का भएर सङ्क्रमण फैलिन नदिने विषयमा गम्भीर हुनुपर्ने हो । केन्द्र तथा प्रदेश सरकारले तत्काल सोच्नुपर्ने हो ।

  • #corona
  • #dailekh
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २३, आईतबार