२५ जेठ, काठमाडौंः
यति बेला नेपालभर नै मानिसमा कोरोना संक्रमणका कारण त्रास उत्पन्न भएको छ । देशको अर्थतन्त्र ठप्प छ । रेमिट्यान्समा गिरावट आएको छ । समग्रमा देशको स्थिति दिनप्रतिदिन नाजुक बनिरहेको छ । कोरोना भाईरसका कारण संक्रमण बढ्ने ग्राफ पनि दिनदिनै उकालो लागिरहेको छ । सरकारले कोरोना संक्रमितहरुलाई नै अस्पतालमा नराखेर घर पठाईरहेको छ । अस्पतालमा केही दिन राख्दा कुनै लक्षण नदेखिए घर पठाउने नयाँ निति स्वास्थ्य मन्त्रालयबाट पारित भएको छ । परिक्षण गर्नलाई खरिद गरिएको आरडिटी किटको गलत नतिजाका कारण नेपाली जनताको मृत्यु भईरहेको छ । यसरी सरकारले आम जनताको जीवनसँग खेलबाड गरिरहेको छ ।
तर, अर्कातिर भने माहोल बेग्लै छ । देशका प्रधानमन्त्री केपी शर्मा ओली भने गीत लेखेर गितकारको उपादीमा सम्मानित हुनमा व्यस्त छन् । प्रधानमन्त्री केपी ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन हिजो शनिबार मात्रै भएको छ । मध्यपुरथिमी नगरपालिका ४ को कमेरोटारको खुल्ला ठाउँमा दुई जना सडकमा बस्ने सानुकान्छा तामाङ र मुगा कार्कीले प्रधानमन्त्री समेत गितकार रहेको एल्मब बिमोचन गरे ।
केही समय अघि मात्रै प्रधानमन्त्री केपी ओलिले देशमा राहत बाँडिएको, सडकमा बस्नुपर्ने अवस्था नभएको र कोरोनासँग जुध्न पर्याप्त तयारी भएको बताएका थिए । तर, अहिले नेपालको अवस्था हेर्दा त्यो देखिदैंन् । दिनप्रतिदिन संक्रमित थपिएसँगै अवस्था नाजुक बन्दै गएको छ ।
अर्कातिर भने प्रधानमन्त्री ओलिको गितीएल्मबको लहर आएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच जनाको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् ।
गीतमा स्वदेशमै रोजगारी भनेतापनि सरकारले अहिलेसम्म वैदेशिक रोगजारीबाट कति नेपालीले रोजगार गुमाएर आउँछन भन्न्े तथ्यांक समेत निकालेको छैन् । प्रधानमन्त्री केपी ओलिले गीतमा लेखेको कुरा गीतमा नै सिमित देखिन्छ । वैदेशिक रोजगारीमा कोभिड १९ को प्रभावका कारण रोजगारी गुमाउनेहरुलाई सरकारले कस्तो राहत दिने, स्तो तयारी गर्ने भन्ने कुराको अहिलेसम्म कुनै तयारी गरिएको देखिदैंन् ।
अर्कातिर, देशमै पनि कोरोना संक्रमणका कारण धारासाहि बनेको अर्थतन्त्र र त्यसले रोजगारीको क्षेत्रमा पारेको प्रभावलाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको तयारी न्युन छ ।