काठमाडौं ज्यस्ठ २४ ,नेपालमा कोरोना भाइरस संक्रमणबमाट थप २ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टायता थप २ जनाको काेराेना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएकाे हाे ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार एक महिला र एक पुरुषले काेराेनाबाट ज्यान गुमाएका हुन् ।कर्णालीमा उपचाररत डोल्पाका ५८ वर्षीय पुरुष र सेती अस्पतालमा उपचाररत ५५ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । आजै थप ३ सय २३ जनामा काेराेना पाेजिटिभ पुष्टि भएकाे देवकाेटाले जानकारी दिएका छन् ।
जसमध्ये ३ सय ६५ जना काेराेना जितेर घर फर्किसकेका छन् । आजै ३२ जनाले काेराेना जितेकाे मन्त्रालयले जानकारी दिएकाे छ।