जेठ २४, काठमाडौं:
सन् २०२१ को लागि भरिएकाअमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राति सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।
नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://t.co/fKzs0pT00j मा हेर्नुहोला। pic.twitter.com/CsnsvqxN7B
— U.S. Embassy Nepal (@USEmbassyNepal) June 5, 2020
गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो । दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ। डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।
डिभीको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।
अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।
पछिल्लो ५ वर्षमा ५० हजारभन्दा बढी कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ । अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकका नागरिकले भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।
अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।