२४ जेठ, काठमाडौंः
नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । डोल्पामा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको हो ।
जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुषको जेठ २० गते मृत्यु भएको थियो । मृत्युपश्चात गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाबको परिक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
जेठ १८ गते डोल्पा पुगेका ती पुरुषको आरडिटी परिक्षण गर्दा नेगेटिभ आएसँगै होम क्वारेन्टाइनमा बस्न पठाईएको थियो । घरमा क्वारेन्टाइनमा बसिरहेको समयमा उनको मृत्यु भयो । जेठ २० गते मृत्यु भएपछि पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।