• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    ९ घण्टा अघि

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    २ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    २ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    ३ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ४ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

लक्षण नदेखिएका र स्वास्थ्यमा समस्या नभएका कोरोना संक्रमितलाई अस्पतालले फर्काउन थाल्यो

  • पहिलो बोली
  • २०७७ जेष्ठ २४, शनिबार (१० महिना अघि)
  • १६१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Saturday June 6, 2020 (10 months ago)
  • 1621 Views
  • Reading time 1 minute

  • २४ जेठ, काठमाडौंः

     

    विभिन्न अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमणका बिरामीलाई घर फर्काउन थालिएको छ । कैलालीको धनगढी–१४ का २२ वर्षीया युवती, २६ वर्षीय युवक र घोडाघोडी नगरपालिकाका संक्रमित पुरुषलाई सेती अस्पतालले आइसोलेसनमा नराखी फिर्ता पठाएको हो। कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा नराखी संक्रमितलाई फिर्ता पठाएको खुलासा भएको छ ।

    बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका २६ वर्षीय संक्रमित युवकलाई हिजो सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालमा लगिए पनि त्यसपछि केही जानकारी नै नदिई फेरि क्‍वारेन्टाइनमा फिर्ता पठाइएको उनले बताएका छन् । उनले भने, ‘हिजो बिहान एम्बुलेन्समा सेती अस्पताल लगिएको थियो । हामीलाई अस्पताल पुर्‍याएपछि एक पटक एम्बुलेन्सबाट समेत नझारी पुनः क्‍वारेन्टाइनमा ल्याएर छाडिएको छ ।’

    सक्रमित युवकका अनुसार एम्बुलेन्स चालकले औषधि खानु भनेर दिएका छन् । अर्कि कोरोना संक्रमित युवती र आफूलाई सँगै राखिएको उनले बताए ।

    सेती अस्पतालबाटै कुनै पनि लक्षण नदेखिएको बन्दै होम क्वारेन्टाइनमा बस्न भनि घोडाघोडी नगपालिकाका संक्रमितलाई फिर्ता पठाएको छ। अस्पतालका अनुसार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख भए अनुसार लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामी फिर्ता पठाईएको हो । अस्पताललले उनीहरुलाई घरमा नै आइसोलेट भएर बस्नु भनि पठाएको छ ।

    सेती अस्पतालले हिजो मात्रै ६ जना कोरोना संक्रमितहरूलाई १४ दिन आइसोलेसनमा राखेर रिस्चार्ज गरेको थियो। डिस्चार्ज हुनेमा एकै घरका बाबु र छोरीसहित अरू चारजना थिए। अस्पतालले अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरेको थियो। कोरोना मुक्त नभएका उनीहरु अस्पतालमा उपचाररत थिए । तर, अस्पताल प्रशासनले भने स्वास्थ्य मन्त्रालयले दिएको नयाँ निर्देशिका अनुसार काम गरेको बताएको थियो ।

    नयाँ निर्देशिकामा संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न मिल्ने उल्लेख गरिएको छ । अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठका अनुसार नयाँ व्यवस्था अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो । अस्पतालले डिस्चार्ज दिएपनि उनीहरु घर फर्किएर जान सक्ने अवस्था नभएकाले फेरि प्रि–आइसोलेसनमा भर्ना गरिएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा जारी गरेको नयाँ निर्देशिकामा कुनै लक्षण नदेखिएका संक्रमितहरूलाई १४ दिनपछि घरमै आइसोलेसनमा बस्‍नेगरी चिकित्सकले डिस्चार्ज गर्न सक्ने उल्लेख छ। सोही व्यवस्थामा टेकेर अस्पतालले कोरोना संक्रमणमुक्त नभएका बिरामीलाई पनि घर र क्‍वारेन्टाइनमा बस्‍न भन्दै फर्काउन थालेको छ।

  • #corna nepal
  • #Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    कबिता- खै के दिउ शुभकामना ? राजेन्द्र चापागाईं आहात

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख २, बिहिबार