२४ जेठ, काठमाडौंः
कोरोना भाईरसको सुरुवात भएको देश चिन सर्वाधिक संक्रमण फैलिने देशमध्ये १८ औं स्थनमा धकेलिएको छ ।
गत वर्षको डिसेम्बर महिनाबाट चीनमा सुरु भएको कोरोना भाईरसको संक्रमणले अहिले विश्वभर नै महामारीको रुप लिएको छ । अहिले विश्वमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । विश्वमा झन् ज्यादा संक्रमित थपिरहेको समयमा चीनमा भने कोरोना संक्रमण नियन्त्रणमा आएर चीन संक्रमित देशहरुमध्य १८औं स्थानमा धकेलिएको हो ।
जोन हप्किन्स विश्वविद्यालयद्वारा प्रकाशित गरिएको विवरणका अनुसार शनिबार बिहानसम्मको तथ्यांक अनुसार चीनमा ८४ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै चीनमा नयाँ संक्रमित र मृत्यु निकै कम छ। वल्डोमिटरका अनुसार पछिल्ला २४ घण्टामा चीनमा ३ जना नयाँ संक्रमित देखिएको छ भने नयाँ मृत्यु छैन। जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। साथै, ७९ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन्।
चीनभन्दा अघि क्रमशः पाकिस्तान, साउदी अरब, क्यानडा, मेक्सिको, चिली, इरान, टर्की, जर्मनी, पेरु, फ्रान्स, इटाली, भारत, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्। यी देशहरुमा सर्वाधिक मात्रामा कोरोना संकमण फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या ६८ लाखभन्दा बढि पुगेको छ, भने मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ ।