२४ जेठ, काठमाडौंः
अहिले विश्वभर नै कोरोना भाईरसका कारण हुने संक्रमणको महामारी फैलिएको छ । विश्वभर कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नजिक पुगेको छ । शनिबार बिहानसम्म्मा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १ सय ४१ पुगेको छ ।
अहिले विश्वभर संक्रमितको संख्या ६८ लाखभन्दा धेरै छ । त्यस्तै, निको हुनेको संख्या करिब ३३ लाख रहेको छ । सबैभन्दा धेरै संक्रमित रहेको देश अमेरिकामा ११ लाख संक्रमित छन् भने १ लाख ११ हजार जनाको मृत्यु भईसकेको छ । त्यस्तै, दोस्रो रहेको ब्राजिलमा ६ लाख संक्रमित र ३५ हजार जनाको मृत्यु भएको छ । त्यस्तै, स्पेनमा १७ हजार, बेलायतमा ४० हजार र नेपालको छिमेकी मुलुक भारतमा ६ हजार ६ सय जनाको मृत्यु भईसकेको छ ।