• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    ३ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

नेपालमा बनेको कोरोना संक्रमणविरुद्धको औषधीको परिक्षण प्रक्रिया सुरु

  • पहिलो बोली
  • २०७७ जेष्ठ २३, शुक्रबार (९ महिना अघि)
  • ३६७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday June 5, 2020 (9 months ago)
  • 3679 Views
  • Reading time 1 minute

  • File Photo Photo Source: Nynews

    २३ जेठ, काठमाडौंः

     

    कोरोना भाइरसविरुद्ध औषधि तयार भनिएको नेपालमा बनेको औषधीको परिक्षण प्रक्रिया सुरु भएको छ । औषधी तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्। दासले बागमती प्रदेशका सामाजि विकास मन्त्रीको संयोजनमा शुक्रबारबाट औषधीको औपचारिक तथा कानुनी परिक्षणको प्रक्रिया अगाडी सुरु गरेका छन् ।

    औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए। छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए।

    ‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ’, उनले भने। डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ।

    आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उनले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका छन्।

    सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ।

    आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ। डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए।

    द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ।

    पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो। समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो।

    वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउँछन्। बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराएका थिए।

    यसैबीच, डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ।

    डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए।

    गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ। ‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ’, उनले भने।

  • #\
  • #Corona Nepal
  • #corona vaccine
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २४, सोमबार