२३ जेठ, काठमाडौं:
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समेत समेटिएको कोरोना बिमा बन्द हुने भएके छ । कोरोना संक्रमितहरुको संख्या नियमित बढ्दै गएको अवस्थामा यो बिमा कार्याक्रम बन्द हुन लागेको हो । भोली शुक्रबारदेखि बिमा कम्पनीहरुले कोरोना बिमा कार्याक्रम बन्द गर्ने भएका छन् । संक्रमितको संख्या दैनिक थपिएर धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा भने कम हुन सक्ने भएकाले कम्पनीहरुले यो कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् ।
नेपाल बिमक संघका महासचिव रहेका चंकी क्षेकीका अनुसार शुक्रबारबाट बिमा कार्यक्रम स्थगन गर्न बिमा समितिमा प्रस्ताव पेश गरिएको छ । पेश गरिएको प्रस्तावमा विमा समितिले पनि सहमित जनाएको छ । बिमा समितिका अनुसार बिमक संघले भनेको कुरामा असहमति जनाउन नमिल्ने भएकाले हाललाई कोरोना बिमा कार्याक्रम बन्द गरिने भएको छ ।
विश्वभर कोरोना भाईरसको महामारी फैलिएको बेला नयाँ योजनाको रुपमा आएको कोरोना बिमा कार्याक्रम नेपाल सर्वसाधारण माझमा आकर्षक देखिएको थियो । बिमा कम्पनीहरुले दुई महिना अघि यो कार्याक्रम सुरु गरेका थिए । दुई महिना पनि पुरा नभएको अवधीमा हालसम्म तीन लाखभन्दा बढि मानिसले बिमा गराईसकेक ाछन् । जस वाफत हालसम्म १६ करोड हाराहारीको रकम आर्जन भएको महासचिव क्षेत्रीले बताएका छन् ।
हाललाई स्थगित गरिएको भएतापनि केही समयपछि यसलाई फेरि सुचारु ग्रिने क्षेत्री बताउँछन् । नयाँ कार्याविधि बनाएर कम्पनीहलाई पनि केही सहुलियत हुने गरि पुनः बिमा कार्याक्रम सुरु गरिने उनले जानकारी दिए ।