२२ जेठ, काठमाडौंः
कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न नेपाल सरकारले जारी गरेको लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई भारत सरकारले फिर्ता लगेको छ । विभिन्न कामले काठमाडौं उपत्यकामा रोकिन पुगेका भारतीय नागरिकहरुलाई भारत सरकारले फिर्ता लगेको हो ।
भारतीय दुतावासको पहलमा काठमाडौंमा रहेका नागरिकहरु भारत फर्किएका छन् । नेपालमा लामा समय देखि जारी रहेको लकडाउनका कारण उनीहरु नेपालमा रोकिएका थिए । भारतीय दुतावाससँगको सम्पर्कमा आएका नागरिकलाई भारत सरकारले बसमार्फत स्वदेश फर्काउन लागेको हो ।
यस अघि पनि भारत सरकारले नेपालमा रोकिएका आफ्ना नागरिकलाई हवाई मार्ग मार्फत स्वदेश लगेको थियो ।