२२ जेठ, काठमाडौंः
कोरोना कहरकै बिचमा उत्तर कोरियामा भने विद्यालयहरु खुल्न थालेको छन् । केही दिनदेखि उत्तर कोरियामा प्राथमित विद्यालयहरु खुल्न थालेका छन् । प्राइमरी स्कुलका कक्षाहरुमा विद्यार्थीहरु ल्याउन थालिएको हो ।
उत्तर कोरियामा गत अप्रिलदेखि शैक्षिक सत्र सुरु भएको थियो । देशमा कोरोना संक्रमण फैलिएपछि केही समयका लागि उत्तर कोरियाको शैक्षिक सत्र केही समयका लागि पछि सरेको थियो ।
कोरियाले आफ्नो छिमेकी मुलुक चीनमा कोरोना भाईरसको संक्रमण देखिएपछि सम्पूर्ण मिा बन्द गरेको थियो । संक्रमणको जोखिम बढेसँगै कोरियाले देशभित्र प्रवेशमा रोक लगाएको थियो ।
संक्रमणको जोखिम बढेतापनि उत्तर कोरियामा हालसम्म कति जनामा कोरोना संक्रमण पुष्टि भयो भन्ने तथ्यांक सार्वजनिक भएको छैन् । कोरियाले आफ्नो देशमा एक जनामा पनि कोरोना संक्रमण नभएको दाबी गरेको थियो । कोरियाले गरेको दाबी विज्ञहरुले विश्वास गरेका थिएनन् ।
कोरोना संक्रमण फैलिएको सुरुवाती दिनमा नै देशभर लक डाउन गरेको थियो । उत्तर कोरियामा कोरोना भाइरस फैलिदाँ देशको स्वास्थ्य सेवाले सम्हाल्न नसक्ने चेतावनी विज्ञहरुले दिएका थिए ।