२१ जेठ ,काठमाडौंः
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार थप २०१ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै संख्या २ हजार ३ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा थप २०१ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
बुधबार थपिएका संक्रमितमध्ये धनकुटाका १ जना रहेका छन् । त्यस्तै, सप्तरीका १ जना, ताप्लेजुङ ३ जना, झापा १ जना, पाँचथर १ जना, र सुनसरीका ७ जना रहेका छन् । त्यस्तै, नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्सा जिल्लाका ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सर्खेतमा गरिएको परिक्षणमा दैलेखका १ जना र सल्यानका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ३ जना र डोटका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको प्रवक्ता डा. देवकोटाले बताए ।
बुधबार थपिएका थप संक्रमित मध्ये कपिलवस्तुका ६७ जना, पाल्पाका २ जना, रुपन्देहीका २६ जना रहेका छन् । त्यस्तै, जनकपुरमा भएको परिक्षण मार्फत महोत्तरीका ९ जनामा कोरोना संक्रमण भएको पुिष्टि भएको हो ।
कर्णाली प्रदेशस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा दैलेखका थप ६ जना र कालिकोटका ७ जनामा कोरोना संंक्रमण भएको देखिएको छ । त्यस्तै, बुधबर दाङका ५ जना, प्युठानका २ र सल्यानका थप १ जनामा पनि कोरोना संकमणको पुष्टि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणले देखाएको छ ।
काठमाडौं, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा भने धनुषाका १ जना, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुग्दा नेपालभरका ६४ जिल्लामा कोरोना फैलिसकेको छ ।