२१ जेठ, काठमाडौंः
नेपालभर कोरोना संक्रमणलाई जित्नेको संख्या २ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलेनमा थप १२ जनाले कोरोना संक्रमणलाई जित्न सफल भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन ।
बुधबार १२ जनाले कोरोना संक्रमणलाई जितेसँगै निको हुनेको संख्या २ सय ७८ पुगेको हो । योसँगै हालसम्म कोरोना संक्रमणलाई जितर घर फकिएनेमा प्रदेश १ बाट ४८ जना , प्रदेश २ बाट १०९ जना , बागमती प्रदेशबाट ३१ जना , गण्डकी प्रदेशबाट ३ जना , प्रदेश ५ बाट ८० र सुदुरपश्चिम प्रदेशबाट ७ जना रहेका छन ।
बुधबार कोरोना संक्रमणबाट मुक्त भएर फकिएनेमा जनकपुर अस्पतालबाट ५ जना, टेकु अस्प्तालबाट १ जना, बलम्बुको अस्पतालबाट १ जना, बुटल अस्पतालबाट ४ जना, र काठमाडौंस्थित टिचिङ्ग अस्पतालबाट ६ वर्षिया एक बालिका रहेकी छिन् ।