२१ जेठ, प्रदेश १ः
बुधबार प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको जानकारी अनुसार प्रद्येशका पाँच जिल्लामा थप संक्रमण पुष्टि भएका हुन् । थपिएका संक्रमितमध्ये एक महिला रहेकि छिन् भने अन्य १२ जना पुरुष रहेका छन् ।
थपिनेमध्ये मोरङ जिल्लाको रंगेली नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै, झापामा १ जना पुरुष, सुनसरीमा ७ जना पुरुष, धनकुटामा १ जना पुरुष रहेका छन् । संक्रमण भएको पुष्टि भएकी महिला भने तेह्रथुमकी रहेकी छिन् । एक महिलासँगै तेह्रथुममा अर्का एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धरानस्थित प्रयोगशाला र विरानटरस्थित प्रयोगशालामा गरिएको परिक्षका आधारमा थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बताएको छ ।
बुधबार १३ जना थपिएका संक्रमितसँगै प्रदेश १ मा हालसम्म पुष्टि भएका कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ जसमध्ये ४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।