२१ जेठ, काठमाडौंः
भारतमा बसेर अभिनय क्षेत्रमा सक्रिय रहेकी अभिनेत्री मनिषा कोईला स्थलमार्ग हुँदै नेपाल आएकी छिन् । भारतबाट भैरहवा (बेलहिया) नाका हुँदै उनले मंगलबार नेपाल आएकी हुन् । केही समय अघि मात्रै मनिषा कोइरालाले नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरेको विषयमा प्रतिक्रिया दिएकी थिईन । मनिषाको प्रतिक्रियालाई लिएर भारतीय संञ्चारमाध्यमहरुले उनलाई विवादमा तानेका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला नेपाल आएको रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । कोइराला आफ्ना बुबा र आमासँग आफ्नो निजि गाडीमा नेपाल आएकी हुन् । पन्थले भने, ‘मनिषा कोइराला आउनु भएको जानकारी पाएको थिएँ । उहाँहरुको परिवार नै होटलमा क्वारेन्टाइनमा बस्ने बताइएको छ ।