२१ जेठ, काठमाडौंः
अहिले अमेरिकामा एक प्रकारको तनावग्रस्त माहोल सिर्जना भएको छ । अमेरिकी प्रहरीका एक अधिकारीले अमेरिकाको मिनियापोलिस राज्यमा एक काला जातीका अश्वेत अमेरिकी नागरिकलाई घाँटी थिचेको भिडियो बाहिरिएको थियो । त्यसको केही समयपछि उनको मृत्यु भयो । यसरी एकाएक अमेरिकामा पछिल्ला केही दिनपश्चात हिंसा भडकिएको छ ।
गत मे महिनाको १५ तारिकका दिन अमेरिकी प्रहरी अभिकारीले अश्वेत जातीका जर्ज फ्ल्योएड नामका व्यक्तिलाई घाँटीमा घुँडाले थिचेपछि उनको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात अमेरिकाका मुख्य शहरहरुमा विरोध प्रर्दशन सुरु भएको छ । विभिन्न ठूला शहरहरुमा कफ्र्युसम्म लगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रर्दशनकै क्रममा गत शुक्रबार प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस वरपर समेत प्रदर्शन गरेका थिए । ह्वाइटहाउस वरिपरि प्रर्दशनकारीहरुले घेरा हालेपछि अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्प केही समयका लागि सुरक्षाको मध्यनजर गर्दै बंकरभित्र बसेको समेत कुरा आएको थियो ।
पछिल्ला समयका समाचारहरु हेर्दा अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकी प्रहरीले प्रर्दशनलाई साथ दिईरहेको बताएका छन् । अमेरिकी प्रहरीले घुँडा टेकेर प्रर्दशनमा सहमति जनाएको समाचार आइरहेको छ । प्रहरीहरुले यो आन्दोलनलाई शान्ती पूर्ण राख्नलाई अनुरोध गर्दै घुँडा टेकेर आन्दोलनको समर्थन र अपित गरेका हुन । सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमाथि पनि विभिन्न तवरबाट प्रश्न उठिरहेको छ । कतिपयले त राष्ट्रपतिले हरेक विषयमा विवादित हुने अभिव्यक्ति दिने भएकाले यो विषयमा उनलाई चुप लागेर बस्न समेत आग्रह गरको छन् ।