जेठ २३, काठमाडौंः
भारतमा कोरोना भाईरस कोभिड १९ को संक्रमितको संख्या दुई लाखभन्दा बढि पुगेको छ । विश्वभर कोरोना संक्रमणबाट ग्रसित देशहरुके सुचिमा भारत २ लाख ७ हजार १ सय ८३ जनामा कोरोना संक्रमण भएको पुष्टिसँगै सातौं स्थानमा पुगेको छ । हालसम्मको तथ्यांक हेर्दा भारतमा कोरोना संक्रमणबाट कुल मृत्यु हुनेको संख्या ५ हजार ८ सय २९ जना रहेका छन् भने कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक लाख २ सय ८५ जना रहेको छ ।
विश्वभर फैलिएको कोरोना संक्रमणबाट सबैभ्न्दा ग्रसित देश भने अमेरिका रहेको छ । अमेरिकापछि ब्राजिल, रुस, बेलायत, स्पेन र इटली हुँदै सातौं स्थानमा भने भारत रहेको छ । हाल विश्वभर कोरोना संक्रमित हुनेको संख्या पनि ६३ लाखभन्दा माथि पुगिसकेको छ, जसमा सर्वाधिक संक्रमित रहेको अमेरिकामा मात्रै १८ लाख ३१ हजार ४ सय २५ जना कोरोना संक्रमित रहेका छन् । विश्वभर ३ लाख ८२ हजारभन्दा बढिको कोरोना संक्रमणका कारण मृत्यु भईसक्दा अमेरिकामा मात्रै एक लाख ८ हजारभन्दा बढिको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।
विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या भने बुधबार बिहानसम्ममा ३० लाखभन्दा माथि रहेको छ ।