• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

“दिवा खाजा” अब देशभर नै , २८ लाख बालबालिका लाभान्वित हुने

  • पहिलो बोली
  • २०७७ जेष्ठ २०, मंगलबार (८ महिना अघि)
  • १७९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Tuesday June 2, 2020 (9 months ago)
  • 1801 Views
  • Reading time 1 minute

  • काठमाडौँ, जेठ २० गते । अब कक्षा पाँचसम्म अध्ययन गर्ने ७७ वटै जिल्लाका भरका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने छ । सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन दिवा खाजा कार्यक्रमलाई मुख्य माध्यमको रुपमा अघि सार्दै यस कार्यक्रमलाई देशभर नै अघि बढाउने नीति लिएको छ ।
    कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको तथा अभिभावकहरु लामो समय विद्यालयको सम्पर्क बाहिर रहँदा त्यसको असर विद्यार्थी भर्नामा पर्न सक्ने भन्दै विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रमलाई देशभर बढाउन लागिएको हो ।
    सो अनुसार अब कक्षा पाँचसम्म अध्ययन गर्ने ७७ वटै जिल्लाका भरका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने छ । सरकारले आव २०७७/ ०७८ को बजेटमार्फत ४३ जिल्लामा सञ्चालित दिवा खाजा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्ने घोषणा गरेको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने सरकारी अनुमान छ । यसका लागि सात अर्ब ५२ करोड रुपियाँ बिनियोजन गरिएको छ ।
    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यार्थीलाई विद्यालयमा टिकाउन, सिकाईमा प्रेरित गर्न र पोषणयुक्त खाजा उपलब्ध गराउने नै दिवा खाजा कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो ।
    विश्व खाद्य कार्यक्रमको सहयोगमा दिवा खाजा कार्यक्रम नौ जिल्लामा र अनुदानमा आधारित दिवा खाजा कार्यक्रम ३४ जिल्लामा गरी हाल ४३ जिल्लामा उक्त कार्यक्रम सञ्चालित थियो ।
    स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजा कार्यक्रमको रकम विद्यालयमा पठाउने गरिएको छ । विद्यालयले पेश गरेको अघिल्लो महिनाको विद्यार्थी हाजिरीका आधारमा यसको निकासा पाउने व्यवस्था गरिएको जनाइएको छ । न्यूूनतम १८० दिनको खाजा खान हिसाबले विद्यार्थीलाई खाजा वापतको रकम दिने गरिन्छ । यसबाट कर्णाली प्रदेशका विद्यार्थीले प्रति दिन २० र अन्य प्रदेशका विद्यार्थीले १५ रुपियाँ पाउँछन् ।
    निर्देशक गौतमले प्रतिदिनको हिसाबले न्यूूनजस्तो देखिए पनि बृहत् मात्रामा विद्यार्थीलाई विद्यालय खाजा खुवाउँदा भने यति रकमले खाजा खान पुग्ने बताउनुभयो । सिन्धुलाल्चोकका केही स्थानीय तहले प्रति विद्यार्थी दुई रुपियाँ खाजाका लागि उपलब्ध गराएको जनाइएको छ । धेरै विद्यालयले विद्यालयमा खाजा तयार नपार्ने र किनेर खुवाउने गरेकाले सरकारी अभियान चाहे जस्तो सफल हुन नसकेको निर्देशक गौतमले उल्लेख गर्नुभयो ।
    अब दिवा खाजा विद्यालय आफैँले तयार पार्नुपर्ने र यसलाई स्थानीय उत्पादनसित जोडेर अघि बढाउने योजना बनाइएको छ । सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा स्थानीय उत्पादनसित जोडेर विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । यसबाट स्थानीय स्तरमा अर्गानिक उत्पादनको विद्यार्थीले प्रयोग गर्न पाउने तथा अभिभावकको रोजगारी र आयमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
    अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी विद्यार्थीलाई विद्यालय जाने वानीको विकास गर्न, विद्यार्थीलाई पोषणयुक्त आहार उपलब्ध गराउन र विद्यालयमा टिकाउन दिवा खाजा उपयोगी हुने बताउनुभयो । कक्षा ५ सम्म विद्यार्थीलाई विद्यालयमा टिकाउन सकिएको अवस्थामा कक्षा छोड्ने दर घट्छ भनी भएको विश्लेषण सही नै भएको उहाँले जनाउनुभयो ।
    तर विद्यालयमा यसको सही सदुपयोग हुनेमा भने उहाँको आशंका छ । धेरै विद्यालयमा विद्यार्थी बढाएर अनुदान दिने प्रवृत्ति नरोकिएको, दिवा खाजाको रकममा घोटाला हुने गरेका कारण लक्षित वर्ग यसबाट लाभान्वित हुनेमा शङ्का देखिएको उहाँको भनाइ छ । विद्यालयले आन्तरिक रुपमा यसको व्यवस्थापन गरेर विद्यालयमा उपस्थित भएको दिन खाजा खुवाउने प्रबन्ध गरिनुपर्ने उहाँको भनाइ छ ।

    –गोरखापत्रबाट

  • #दिवा खाजा
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार