सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ जना पुगेको छ । थपिएका संक्रमितहरुमध्ये पाल्पाका १७ र ३६ वर्षिय दुई जना पुरुष, नवलपरासीका ६ वर्षिय बालक, गुल्मीका २६ वर्षिय पुरुष, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षिय पुरुष, रुपन्देहीकी ३ वर्षिय बालिका र ५४ वर्षिय पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सोमबारमात्रै थपिएका कोरोना संक्रमितको संख्या २३९ पुगेको छ । यो संख्या हालसम्म नेपालमा पुष्टि भएकोमध्येकै सर्वाधिक संख्या हो ।