काठमाडौं– भारतबाट नेपाल प्रवेश गरेका मजदुरलाई लिएर आएको गाडी काँकेको राप्तीसोनारी–२ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । भारतबाट नेपाल आएका मजदुरलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर दुर्घटना भएको हो । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
११ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताईएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको र २१ जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिएका हुन् । घाइते २१ जनाको सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ।