१७ जेठ, कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको आरोपमा एक व्यक्ति(श्रीमान) पक्राउ परेका छन् ।
जिल्लाको लम्की चुहा नगरपालिका–७ खरैलाकी ३५ बर्षीया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएको छ भने प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै मृतकका दाजु झंकर विष्टले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए ।मृतकको श्रीमानविरुद्ध १५ गते उजुरी परेको र उनलाई १६ गते नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए । थप अनुसन्धान भैरहेको चन्दले बताएका छन्।