जेष्ठ १९ ,देश अझै लकडाउनमै छ । लकडाउन कहिले अन्त्य होला भनेर सबैको मनमा पक्कै पनि प्रश्नहरु दौडिरहेका छन। देशका विभिन्न स्थानहरुमा अझै पनि बिपन्नहरु लाइ लक्षित गरेर राहत वितरण भईराखेको छ। यस्तै , स्यांग्जा जिल्ला वलिङ्ग निवासी पिताम्बर खनाल (सुशिल) पनि राहत वितरण कार्यमा सक्रिय हुने व्यक्तिमध्ये एक हुन। उनी बिपन्नहरुको सहयोग गर्न कुनै कन्जुस नगरी दिनरात खटिएका छन्। उनको सक्रियतामा,गण्डकी प्रदेश स्थित ,वलिङ्ग नगरपालिका वडा-४ ,एलादीमा अति बिपन्न ६० घरधुरीका व्यक्तिहरुलाई राहतस्वरुप प्रतिघर रु-२००० वितरण भएको छ।
उनी भन्छन,’देशलाई गार्हो परेको बेलामा हामी युवा जनसक्तिले नै सहयोग गर्ने हो। लकडाउन हुने बेला सम्म समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्नेछु’।
पिताम्बर खनाल सुशील पेशाले स्यांग्जा जिल्लाका एक प्रतिष्ठित निर्माण ब्यबसायी हुन्। उनी नेपाल निर्माण व्यावसायी संगठन प्रदेस कमिटी सदस्य , जिल्ला सचिव राष्ट्रिय युवा संघ जिल्ला सदस्य ,पार्टी वालिङ नगर कमिटी सचिवालय सदस्य तथा वडा कमिटी सचिव समेत हुन् ।
राहत वितरण गर्दै सुशील खनाल