सोल,दक्षिण कोरीया,
दक्षिण कोरियामा एक नेपाली चेलीको गएराती दुखत निधन भएको छ । कोरियालाई कार्यस्थल बनाउदै आउनु भएकी कास्की जिल्ला पोखरा घर भएकी अन्दाजी ३० बर्षीय सबी भण्डारी को हृदयघातका कारण गएराती मृत्यु भएको एनआरएन कोरियाका सचिब मनोज गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मृतक भण्डारी १० बर्ष अघि कोरिया आइ हाल कोरियाको छुङ्जु शहरमा पोखरेली इन्डियन नेपाली रेस्टुरेन्ट संचालन गर्दै आउनु भएको थियो । उहाँको श्रीमान पनि हाल कोरियामै रहेको बुझिएको छ ।
घटना वारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आज दुतावास बन्द रहेकोले औपचारिक जानकारी प्राप्त भैनसकेको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो ।
कोरियामा नेपालीहरुको मृत्यु हुने क्रम केहि दीन यता लगातार भैरहेको छ l गत सोमबार मात्र धादिङका मैती तामांग को दुर्घटनाका कारण मृत्यु भएको थियो भने दुइ साता अगाडी स्याङ्जाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृत्यु भएको थियो । पार्थिब शरीर नेपाल लैजाने अबस्था नाभएपछी गत आइताबार उंहाको दाहसंस्कार कोरियामै गरिएको थियो ।
–हेल्लो नेपाल कोरीयाबाट