काठमाडौँ, जेठ १४ गते । पछिल्लो पटक पिसिआर पद्दतिद्वारा गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी, थप २८ जना डिस्चार्ज भएका छन् ।डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । अहिलेसम्म ६९९ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेसनमा रहेर उपचार भइरहेकाे छ । कुल ४६४ जना रेड जोनमा रहेका छन् भने मृतक सङ्ख्या चार पुगेकाे छ ।