काठमाडौँ, जेठ ८ गते । पछिल्लो पटकको कोरोना परीक्षणमा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना र कपिलवस्तुमा एक जना रहेको बताईएको छ।