काठमाडौं, ५ जेठ । सरकारले नेपालको नयाँ नक्सा तयार पारेर मन्त्रीपरीषदबाट स्वीकृत गरेको गरेको छ ।भारतले हालसालै सडक बनाएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार पारिएको हो । भूमिसुधार मन्त्रालयले तयार पारेको नयाँ नक्सा मन्त्री भुमीसुधारमन्त्री पद्मा अर्यालले पेश गर्नु भएको थियो ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत प्रदान गर्दै पारित गरेको हो । नेपालको नयाँ नक्सालाई स्वीकृत प्रदान गरेको विषयले गौरवको अनुभूति दिलाएको भन्दै मन्त्री योगेश भट्टराईले ट्विट नै गर्नु भएको छ ।
नेपालको नक्सामा लिम्पियाधुरा , लिपुलेक र कालापानीको भूभाग छुट्याइएको भन्दै सर्वत्र चर्को आलोचना हुँदै आएको थियो ।
उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा व्यापक विरोध हुँदै आएको छ । उनको अभिव्यक्ति नेपाललाई यो विषय नउठाउन अप्रत्यक्ष चेतावनी दिएको निष्कर्ष समेत निकालिएको छ ।यता नेपाल सरकारले अहिले मिचिएको भूभाग नजिक क्याम्प खडा गरेर सशस्त्रको एउटा टोली खटाएको छ भने निकट भविष्यमा नेपाली सेना नै खटाउने तयारी समेत गरेको छ ।
आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !
— Yogesh Bhattarai (@yogesbhattarai) May 18, 2020