५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल आका आर्थर गन अमेरिकाकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश भने उपविजेता बने ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।