• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

आज बिश्व रक्तचाप दिवस:मानसिक तनाव रक्तचापको प्रमुख कारण

  • पहिलो बोली
  • २०७७ जेष्ठ ४, आईतबार (९ महिना अघि)
  • २९४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • Published on: Sunday May 17, 2020 (10 months ago)
  • 2953 Views
  • Reading time 1 minute

  • Source:Healthline

    यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।
    नेपाल हार्ट फाउन्डेसनले जनाएअनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो ।
    व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुत्ने, मदिरापान, धूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ ।
    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नहुने बताउनुभयो ।
    डा. रेग्मीले उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेजस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता
    अपनाउनुपर्ने बताउनुभयो ।
    डा. रेग्मीले ९० प्रतिशतलाई कुनै लक्षण नहुने भएकाले समस्या हुने बताउँदै आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा हुँदाहँुदै उपचार गरे पनि आधा जनसङ्ख्यालाई रक्तचाप रहिरहने बताउनुभयो ।
    उहाँले लकडाउनले मानिसलाई चिन्ता बढाउने हुँदा चिन्ता बढेपछि उच्च रक्तचाप पनि बढ्ने बताउनुभयो । मानसिक तनाव रक्तचापको मुख्य कारण हो भन्दै उहाँले यसले थप जटिलता ल्याउन सक्ने बताउनुभयो ।
    लकडाउनमा मानिसले नियमित रक्तचाप परीक्षण गर्न नपाउने भएकाले समस्या हुने उहाँको भनाइ छ । मुटुरोग विशेषज्ञ डा. अतिल भट्टराईले नेपालमा मात्र नभएर विश्वभर उच्च रक्तचापका बिरामी बढिरहेको बताउनुभो । उहाँले उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एक प्रमुख कारक रहेको भन्दै विश्वव्यापी रूपमा मुख्य स्वास्थ्य समस्याका रूपमा देखिएको बताउनुभयो ।
    विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड जनाको मृत्यु उच्च रक्तचापका कारण भइरहेको छ । नेपाल जनसाङ्ख्यिक सर्वेअनुसार प्रतिहजारमा १७५ महिला र ३१५ पुरुषमा उच्च रक्तचाप देखिएको छ । उहाँले उच्च रक्तचापको प्रमुख कारण अव्यवस्थित जीवनशैली र मानसिक तनाव रहेको बताउनुभयो । उहाँले माथिको रक्तचाप १३० वा बढी र तलको रक्तचाप ८० वा बढी भएको अवस्था उच्च रक्तचाप हुने बताउनुभयो । सामान्य अवस्थामा १२० र ८० भन्दा कम रक्तचाप हुनुपर्छ ।

    उच्च रक्तचापका लक्षण
    सामान्यतया उच्च रक्तचापका लक्षणहरू देखिँदैनन् । ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा हँुदैन । नियमित बिरामीको परीक्षण गर्दा मात्र उच्च रक्तचाप भए नभएको थाहा हुन्छ । उच्च रक्तचाप भएकाहरूमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडिको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने लगायतका लक्षण हुन सक्छन् ।(गोरखापत्रबाट)

    अमेरिकी हार्ट असोसीएसनले  निम्न अनुसार रक्तचापलाइ बर्गिकरण गरेको छ:

    Source:American Heart Association

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १९, बुधबार