काठमाडौं, जेठ ३ गते । इटालीले आउदो जुन महिनाको पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ । इटाली सरकारले शनिबार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा कठोर लकडाउन व्यवस्था गरेको इटालीको स्वीकृत मापदण्ड बमोजिम जुन ३ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति दिइएको छ । जुन ३ देखि इटालीमा आन्तरिक यात्रामा लगाइएको प्रतिबन्ध समेत पूर्णरुपमा हटाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । सङ्क्रमणको दोस्रो तरङ्ग रोक्न जनजीवन सहज बनाउन यसप्रकारको व्यवस्था गर्न लागिएको प्रधानमन्त्री जिसेप कोन्टेले बताउनुभयो ।