काठमाडौं, जेठ २ गते । नेपालमा थम ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट उक्त पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप पुष्टि भएकामा मकवानपुरमा १ र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेको जनाईएको छ।