• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / विश्व

कोरोना भाइरस: भाइरस कमजोर कि नेपाली बलिया?

  • पहिलो बोली
  • २०७७ बैशाख ३१, बुधबार (८ महिना अघि)
  • ४५९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Wednesday May 13, 2020 (8 months ago)
  • 4603 Views
  • Reading time 1 minute

  • स्रोत:Getty Images

    नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।

    अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्।

    नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ।

    कोभिड-१९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन्।

    नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ।

    ‘आफूलाई बलियो नठानौँ’

    राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ।

    उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ।

    सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन। जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्धवृद्धमा सरिसकेको देखिन्छ।

    तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टीन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ।

    काठमाण्डूतस्वीर:RSS

    प्राध्यापक घिमिरे भन्छन्, “ठूलो सङ्ख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो। त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन।

    “लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन।”

    अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसङ्ख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ।

    ‘गम्भीर लक्षण देखिन सक्छ’

    कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुन: परीक्षणको हुनुपर्ने माग गरेको पाइन्छ।

    तर डा. बास्तोला पीसीआर विधिको परीक्षणले कोभिड-१९ कै भाइरस पहिचान गर्छ।

    उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ।”

    कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ।

    प्राध्यापक घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिन प्रतिदिन परिवर्तन हुनसक्छन्।

    अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन। चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वाससम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ।

    -BBC को सहयोगमा

  • ##कोरोनाभाईरस
  • ##नेपाल
  • #coronavirus
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    विश्व सम्बन्धि थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ५, सोमबार