काठमाडौं उपत्यकामा लागू नहुने काठमाडौँ– गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । यो नियम उपत्यकाका ३ जिल्लामा भने लागु हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ । लकडाउन चैत ११ गतेदेखी भएको हो । आजसम्म दिइएका पासले एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउने थिए ।