काठमाडौं, वैशाख २८ गते ।
सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था उद्योग कलकारखाना खुला गर्दै भित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति अपनाएको छ।
पहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट मात्र पास जारी हुने गर्थ्यो तर अहिले सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सावरी पास जारी गर्ने निर्णय गरीएको छ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज काठमान्डौ उपत्यकाका तीनैवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो ।