• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    Announcement of 2nd season of Poetry Writing Contest by Daya Foundation

    १ दिन अघि

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    १ दिन अघि

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    २ दिन अघि

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    ३ दिन अघि

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    ३ दिन अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    ४ दिन अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / कला/मनोरंजन

घरायसी कामको महत्त्व

  • पहिलो बोली
  • २०७७ बैशाख २४, बुधबार (११ महिना अघि)
  • १६६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • Published on: Wednesday May 6, 2020 (11 months ago)
  • 1675 Views
  • Reading time 1 minute

  • चुनौती

    केही परिवारमा छोराछोरीले घरायसी काममा सघाएको आशा गरिन्छ र छोराछोरी पनि त्यसो गर्न खुसी हुन्छन्‌। तर अरू कतिपय परिवारमा भने छोराछोरीबाट त्यस्तो मदतको आशा गरिंदैन र छोराछोरी पनि काम गर्न अग्रसर हुँदैनन्‌।

    विशेषगरि पश्‍चिमी मुलुकका छोराछोरी परिवारलाई केही दिनेभन्दा परिवारबाट केही पाउने आशा राख्छन्‌ भनेर अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। स्टिभन नाम गरेका एक बुबा यसो भन्छन्‌, “आजभोलि छोराछोरीले भिडियो गेम खेल्न, इन्टरनेट चलाउन र टिभी हेर्न जति समय बिताए पनि तिनीहरूलाई कुनै रोकटोक लगाइँदैन, तिनीहरूबाट निकै कम आशा गरिन्छ।”

    तपाईंको विचार कस्तो छ? घरको काममा सघाउ पुऱ्याउन मात्र नभई छोराछोरीको आफ्नै हितको लागि पनि उनीहरूलाई घरायसी काम अह्राउनु के साँच्चै महत्त्वपूर्ण छ ।

    तपाईंले के बुझ्नुपर्छ?

    केही आमाबुबा आफ्नो छोराछोरी हप्ताभरि होमवर्क र स्कुलपछिको अतिरिक्त क्रियाकलापमा व्यस्त हुने भएकोले उनीहरूलाई काम अह्राउँदैनन्‌। तर छोराछोरीलाई काम अह्राउँदा कस्ता फाइदा हुन्छन्‌ विचार गरौं।

    यसले छोराछोरीलाई परिपक्व हुन मदत गर्छ। घरको कामकाजमा मदत गर्ने छोराछोरी स्कुलमा पनि सफल हुने सम्भावना बढी हुन्छ। घरको विभिन्न काममा मदत गर्दा यसले छोराछोरीमा आत्मविश्वास, अनुशासन र दृढता विकास गराउँछ। कुनै कुरा सिक्न यी गुणहरू हुनैपर्छ।

    यसले छोराछोरीमा सेवा गर्ने मनोभाव बढाउँछ। घरको कामकाजमा मदत गर्ने गरेका छोराछोरी ठूलो भएपछि सामाजिक काममा पनि भाग लिने गरेको केहीले याद गरेका छन्‌। घरको कामकाजले उनीहरूलाई आफ्नो भन्दा अरूको आवश्यकतालाई ध्यान दिन मदत गर्छ। अर्कोतर्फ, अगाडि चर्चा गरिएका स्टिभन यसो भन्छन्‌: “छोराछोरीलाई कुनै काम दिएन भने उनीहरू अरूबाट सेवा पाउनुपर्छ भन्ने सोचाइ राख्छन्‌ अनि हुर्किसकेपछि पनि जिम्मेवारी पूरा गर्न र मेहनत गर्न सिक्दैनन्‌।”

    यसले पारिवारिक एकता बढाउँछ। घरको विभिन्न कामकाजमा मदत गर्दा छोराछोरीले आफू परिवारको एक बहुमूल्य सदस्य मात्र नभई परिवारप्रति जिम्मेवार भएको महसुस गर्छन्‌। आमाबुबाले घरको कामलाई भन्दा छोराछोरीको स्कुलपछिका अतिरिक्त क्रियाकलापलाई महत्त्व दिए भने छोराछोरीले कहिल्यै यस्तो पाठ सिक्न सक्दैनन्‌। आफैलाई सोध्नुहोस्, ‘यदि मेरा छोराछोरी त्यस्ता क्रियाकलापमा बढी समय बिताउँछन्‌ तर परिवारसँग भने नजिक छैनन्‌ भने के नै फाइदा भयो र?’

     तपाईं के गर्न सक्नुहुन्छ?

    सानैदेखि सुरु गर्नुहोस्। केहीले छोराछोरी तीन वर्षको हुँदादेखि आमाबुबाले काम सिकाउनुपर्छ भन्छन्‌। अरू भने छोराछोरीलाई दुई वर्ष वा त्योभन्दा पनि सानो उमेरदेखि नै काम सिकाउन सल्लाह दिन्छन्‌। हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा भनेको साना केटाकेटीलाई आफ्नो आमाबुबासँगै काम गर्न र तिनीहरूको नक्कल गर्न मन पर्छ।

    उमेर सुहाउँदो काम दिनुहोस्। उदाहरणको लागि, तीन वर्षका छोराछोरीले खेलौना टिपेर राख्ने, आफूले पोखेको सानोतिनो कुराहरू सफा गर्नेजस्ता काम गर्न सक्छन्‌। अलि हुर्किएका छोराछोरीले चाहिं कुचो लगाउन, आफ्नो लुगा धुन अनि खाना पकाउन सक्छन्‌। छोराछोरीको क्षमता राम्ररी विचार गर्नुहोस्। छोराछोरीले उत्सुकतासाथ घरको काम गरेको देख्दा तपाईं छक्क पर्नुहुनेछ।

    घरको कामलाई प्राथमिकता दिनुहोस्। छोराछोरीको होमवर्क धेरै हुँदा यसो गर्न गाह्रो हुन सक्छ। पढाइ राम्रो होस् भनेर छोराछोरीलाई घरको काम नलगाउनु “प्राथमिकता राम्रोसँग छुट्‌याउन नसक्नुको सङ्‌केत हो” । पहिला पनि चर्चा गरिएझैं घरको काम सघाउँदा यसले छोराछोरीलाई अझ राम्रो विद्यार्थी बन्न मदत गर्छ। अनि यस्ता कुराहरूले उनीहरूलाई भविष्यमा आफ्नो परिवार सम्हाल्न तयार बनाउँछ।

    परिणामलाई भन्दा उद्देश्यलाई ध्यान दिनुहोस्। तपाईंले दिनुभएको काम गर्न छोराछोरीलाई तपाईंले सोचेको भन्दा लामो समय लाग्न सक्छ। काम त्यत्ति गुणस्तरीय नहुन सक्छ। त्यसोभए तापनि छोराछोरीलाई सुम्पिएको काम आफैले गरिदिने नगर्नुहोस्। तपाईंको उद्देश्य छोराछोरीले ठूलो व्यक्तिले जस्तै राम्रोसँग काम गरोस् भन्ने होइन, उनीहरूलाई जिम्मेवार व्यक्ति हुन र कामबाट आनन्द उठाउन सिकाउनु हो।

    इनाम दिनुहोस्। छोराछोरीलाई घरको काम गरेबापत पैसा दिंदा उनीहरूले जिम्मेवार हुन सिक्छन्‌ भनेर कोही-कोही बताउँछन्‌। अरू भने त्यसले छोराछोरीलाई परिवारलाई केही दिनेभन्दा परिवारबाट केही पाउने कुरामा मात्र ध्यान दिने बनाउँछ भनेर टिप्पणी गर्छन्‌। यदि छोराछोरीसँग पैसा छ भने उनीहरूले काम गर्न इन्कार गर्न सक्छन्‌ भनेर पनि चेतावनी दिन्छन्‌। यसो हुनु भनेको छोराछोरीलाई काम लगाउनुको उद्देश्य पूरा नहुनु हो। हाम्रो लागि पाठ? छोराछोरीलाई पैसा दिंद घरको काम गरेबापत दिएको तलब जस्तो गरी नदिनुहोस्।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    कला/मनोरंजन सम्बन्धि थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    समाचार
    थप

    कविता प्रतियोगिता २०२१ संस्करण आयोजना हुदै

    निकुञ्जको डढेलो निभाउन नेपालमा पहिलो पटक हेलिकप्टर

    तीन साता सबै बिधालय बन्द गर्न सिसिएमसिको सिफारिस

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७८ बैशाख १, बुधबार