काठमाडौं, वैशाख २२ गते । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आका ‘आर्थर गन’ अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन्।
दिवेश पोखरेलले आफनो फेसबुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन्।
अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो ।
दिवेश पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताएका छन्।
साथै उनको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गौरवान्वित बनाएको पनि उल्लेख गरेका छन्।