• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    ३ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / समाचार

प्रधानमन्त्री ओलीले अफुनिकट सांसद हरुलाई भने-जस्तो सुकै परिस्थितिका लागि तयार हुनु!

  • २०७७ बैशाख १६, मंगलबार (१० महिना अघि)
  • ११३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • Published on: Tuesday April 28, 2020 (10 months ago)
  • 1141 Views
  • Reading time 1 minute

  • प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थाको सामना गर्नको लागि तयार रहन आफूनिकट सांसदहरूलाई निर्देशन दिएका छन्।
    सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूनिकटका २५ बढी सांसदसँग प्रधानमन्त्री ओलीले आफूलाई सरकार र पार्टीबाट हटाउने षड्यन्त्रसमेत भइरहेको बताएका थिए।
    ‘साथीहरू वार कि पारको अवस्थामा लाग्नुभएको छ। मलाई बर्खास्त गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘साथीहरू तोडफोड विध्वंस जे पनि गर्ने योजनामा छन्। त्यस्तो अनिष्ठ परिस्थिति आउनसक्ने मानसिकता बनाइराख्नुस्। उहाँहरूले जे पनि गर्न सक्नुहुन्छ।’
    प्रधानमन्त्री ओलीले मंगलबार बस्ने सचिवालयले धेरै कुराको टुंगो लगाउने र त्यस्तो नभए अरु ३/४ दिन लाग्न सक्नेसमेत बताएका थिए।मंगलबार बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित भएको छ।
    अर्का सांसद महेश बस्नेतले पार्टीबाहिर भन्दा पनि भित्रैबाट आफूलाई असफल बनाउन खोजिएको गुनासो प्रधानमन्त्रीको रहेको बताए।

    ‘मैले धेरै काम गरेको छु। त्यसमा कसैको ध्यान गएको छैन। साथीहरू खाली विरोध मात्रै गर्नुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद बस्नेतले भने,’मेरो ७५ प्रतिशत समय त साथीहरूका गुनासो सुन्ने र उनीहरूको चित्त बुझाउँदैमा गयो।’

    प्रदेशमा प्रशिक्षण कार्यक्रममा समेत सरकारको विरोध भएको भन्दै प्रधानमन्त्री ओलीले यसभन्दा अगाडिका प्रधानमन्त्रीहरुले नसोचेको काम गर्दा समेत प्रशंसा नपाएको गुनासो गरेका थिए।
    आफूबाट पनि कुनै गल्ती भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले ति गल्तीहरुलाई सुधार्नका लागि सुझाव दिनुको सट्टा बिरोध र प्रधानमन्त्रीबाटै हटाउन खोजिएको समेत बताएका थिए।
    ‘अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भनेर साथीहरू लाग्नुभएको छ। परिणाम जे पनि आउनसक्छ भनेर उहाँहरू अन्तर्वार्ता दिँदै हिँड्नुभएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद सुब्बाले भने,’अध्यादेश आयो,पार्टीकै साथीहरुले फिर्ता गर्ने भनेपछि फिर्ता गरें। साम्य हुन्छ कि भनेको तर उहाँहरूको अभियान अर्कै रहेछ। उहाँहरू वार कि पारको लडाइँमा लाग्नुभएको छ।’

    स्थायी समिति सदस्यहरूले समेत यो सरकारलाई किन समर्थन गर्ने भनेर बोल्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्म हुनसक्ने चेतावनी दिएका थिए।
    पार्टीभित्रको संकट गहिरिएको भन्दै प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिलाई आक्रमण गर्ने योजना बनाइएको आरोप लगाएका थिए।
    सहभागी एक संसदका अनुसार आक्रमण भौतिक नभई राजनीतिक रूपमा गर्न खोजिएकोसमेत प्रधानमन्त्रीको जिकिर छ।

    प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट, सांसदहरू महेश बस्नेत, निरूदेवी पाल, कृष्णकुमार श्रेष्ठ, लालबहादुर थापा, विजय सुब्बालगायत थिए।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    समाचार सम्बन्धि थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २२, शनिबार