काठमाडाैं, १४ बैशाख । अमेरिकन आइडलको लाईभ राउन्ड पुगेका नेपाली मुलका दिवेश पोखरेलले हालसम्म सांगितीक यात्रामा साथ दिने सबैलाई धन्यबाद दिएका छन् । उनले आफ्नो फेसबूक पेजमार्फत आइतबार आज टप २० को लागि लाइभ प्रस्तुती हुने जानकारी दिँदै आफूलाई अमेरिकन आइडलको टाइटल जिताउन भोट गरेर सहयोग गर्न समेत अपिल गरेका छन् ।
अमेरिकन आइडलको सुरुवाती चरणहरुबाटै धेरै विश्वभरका दर्शकहरुको ध्यान तान्न सफल दिवेश निर्णायकहरुको हौसलाले यहाँसम्म अइपुगेको बताउछन् । अबको यात्रा जारी राख्न उनले नेपाली दर्शकहरुसामु पनि भोटको अपिल गरेका हुन् ।
उनले फेसबूक भिडियो मार्फत आफुलाई ३ तरिकाले भोट गर्न सकिने बताएका छन् । काठमाडौमा जन्मिएका दिवेश अध्यायनको शीलसीलामा हाल परिवारसहित अमेकिामै बस्दै आएका छन् । उनलाई अमेरिकनआइडलको स्टेजमा अर्थर गनको उपनामले चिनिँदै आएको छ ।
यसरी गर्न सकिन्छ दिवेशलाइ भाेट
उनलाई भोट गर्न आइडलले ३ ओटा विकल्प अघि सारेको छ । २६ देखि २९ सम्म खुला रहने माध्यमबाट जम्मा ३० भोट मात्रै गर्न पाइनेछ । भोटिङ गर्ने पहिलो तरिका अन्तर्गत आजको लाइभ राउण्डको प्रस्तुतिपछि उनकाे प्रतियोगी कोड १६ लेखेर २१५२३ मा पठाउन सकिनेछ । यो माध्यमबाट एकजना बराबर १० भोट दिन सकिनेछ ।
दोस्रो तरिकामा अमेरिकन आइडलको एप तथा एप्पल आईएसओएस एप स्टोर डाउनलोड गरेर त्याहाँ साइन अप गरेर १० भोट गर्न सकिनेछ । त्यस्तै अर्को माध्यम आइडलभोट डट एबीसी डटकम लगइन
गरेर दिवेशको कोडमा भोट दिन सकिने छ । यसमा पनि एकजना बराबर १० भोट दिन सकिने छ । यसरी उनलाइ एक व्यक्ति बराबर ३० भाेट गर्न सकिनेछ ।
https://www.facebook.com/watch/?v=235634544325696(भिडियो हेर्न यो लिंकमा click गर्नुहोस)